केहीबेरमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरिने भएको छ । नेता गुरुराज घिमिरेले नयाँ कार्यसमिति गठनमा सहमति जुटिसकेको जानकारी दिए । उनका अनुसार सबैबीच सहमति भएपछि कार्यसमितिको औपचारिक घोषणा गर्न लागिएको हो । घोषणा भएपछि नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गरिनेछ । नेताहरुका अनुसार गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बन्नेछ ।