गगन–विश्वले विशेष महाधिवेशनमा झन्डै दुईतिहाइ प्रतिनिधि संख्या देखाउँदै गर्दा देउवा पक्षले आफूसँग केन्द्रीय समितिको बहुमत छ भनिरहेको छ । त्यसको विधिवत् निर्क्योल गरिनुपर्छ। कुनै पक्षलाई बाहिर राखेर होइन, दुवै पक्षलाई समेटेर चुनावतर्फ लैजाने विधिसम्मत बाटो खोज्नुपर्छ।