ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई बुधबार पक्राउ गरेको छ । ट्राफिक सप्ताह–२०८२ का अवसरमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौँको शीतापाइला क्षेत्रमा दिउँसो गरिएको सवारीसाधन जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाइरहेका चार जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा तीन जना ...