नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू पदाधिकारीको सूची बनाउन छलफलमा जुटेपछि महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा नाचगान गर्दै प्रतीक्षा गरिरहेका छन् । बुधबार राति पौने १० बजेसम्म पनि बन्दसत्रको हलमा पदाधिकारी चयनको औपचारिक घोषणा हुन नसकेपछि प्रतिनिधिहरू हलमै बसेर प्रतीक्षा गरिरहेका छन् । गगन–विश्व समूह पदाधिकारीको सूची तयार गर्ने छलफलमा व्यस्त रहेका बेला भृकुटीमण्डपस्थित बन्दसत्रको हलमा नाचगान चलिरहेको हो । सहमति जुटेपछि बन्दसत्रको हलम...