काठमाडौँमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको सूची केही बेरमा सुनाइने भएको छ । गगन थापा, विश्वप्रकाश शर्मा सहितका नेता कमलपोखरीमा बसेर सूची बनाइरहेको एक नेताले जानकारी दिए । राति ११ बजेसम्म भृकुटीमण्डपमा कार्यकर्ताले नाचगान गरेर सूचीको प्रतीक्षा गरेका छन् । नेताहरू केहीबेरमा बन्दशत्र स्थलमा आउने जानकारी मञ्चबाट गराइएको छ । गगनलाई सभापति चयन गर्दै महाधिवेशन समापनको तयारी छ । पुस २७ गते सुरु भएको विशेष महाधिवेशन आजसम्म लम्बिएको हो ।