पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ । आजको उक्त रेकर्ड काठमाडौँका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो । विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ । जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ । वातावरण ...