रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाण्डौ – महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले हिजो ती मुद्दाहरूको अभियोगपत्र संशोधनका लागि सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिने निर्णय गर्नुभएको हो । यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाण्डौ र पर्साका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । महान्यायाधिवक्ता भण्डारीले सहक...