अमेरिकी सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकलाई तत्कालका लागि आप्रवासी (ग्रिनकार्ड) भिसा नदिने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै फक्स न्यूज र सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो नयाँ सूची सार्वजनिक गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमसँगै सार्वजनिक भएको यो निर्देशनले विशेषगरी पारिवारिक पुनर्मिलन र रोजगार-आधारित आप्रवासनको प्रक्रियामा रहेका हजारौँ नेपालीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। सञ्चार माध्यमहरूका अनुसार अमेरिकामा आएर सर...