काठमाण्डौ – ड्यारिल मिचेलको नटआउट १ सय ३१ रनको मद्दतमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हराउँदै एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी बनाएको छ । हिजो राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । भारतका केएल राहुलले अविजित १ सय १२ रन बनाए । राहुलले ९२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । ओपनर तथा कप्तान शुभमन गिलले ५३ बलमा ९ चौका र १ छक्कासहित ५६ र...