राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेल विहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसी र दोस्रो खेल दिउँँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसअघि हिजो श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा दुवै टोलीले १–१ गोल गरे । भगवतीका हरिहर बुढामगर र चर्च ब्वाइजका एरिक विष्टले गोल गरे । यसअघि हिजै उद्घाटन खेलमा काँक्रेबिहार क्लबलाई...