इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता

इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ । यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ । पश्चिमी सैन्य स्रोतका अनुसार अमेरिकी आक्रमणको संकेत देखिए पनि यसको समय र दायरा स्पष्ट छैन । इरानभित्रको व्यापक विरोध प्रदर्शनमा अहिलेसम्म २ हाजर ५ सय जनाको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरू पक्राउ परेका खबरमा उल्लेख छ । यसैबीच एम्नेस्टी इन्टरनेशनलले पछिल्लो एक हप्तामा इरानमा...