यसपालि गगनले उठाएको जोखिमले उनको उचाइ मात्र उठाएको छैन, बरू यसले कांग्रेसमा नयाँ पुनर्जागरणको युग ल्याउने छ। यसका दूरगामी प्रभावहरू लामो समय नेपालले अनुभव गर्नेछ। म देउवा समूह र एमाले नेतृत्वलाई पनि आफ्ना कमजोरी छोप्न अरूलाई आरोपित गर्ने परम्पराबाट मुक्त हुन अनुरोध गर्छु। यदि कुनै शक्ति केन्द्र यसका पछि छ भन्ने प्रमाणित गर्न सक्ने भए खुलेर त्यसको विरोध गर्न सक्नुपर्छ।