माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा बिहानैदेखि भक्तजनको चहलपहल

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल शुरू भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् ।  बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।  यस वर्ष तीन लाख भक्तजनले माघेसङ्क्रान्ति मेला भर्ने अनुमान गरिएको बरालले बताए । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्म...