कांग्रेसको आधिकारिकता खोज्दै गगन थापा समूह आज निर्वाचन आयोग जाने

नेपाली कांग्रेसको गगन थापा समूह आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ ।  सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बिहीबार निर्वाचन आयोग जाने बताएका थिए ।  उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरे । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी गरे । गएराति विशेष महाधिव...