राष्ट्रिय आर्थिक गणनाका लागि ४ हजार ४३९ जनशक्ति करारमा लिइँदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवामा जनशक्ति लिने भएको छ । स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न सुपरिवेक्षक र गणक पदमा दरखास्त आह्वान गरिएको हो । कार्यालयका अनुसार ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक गरी कुल ४ हजार ४३९ जनशक्ति करारमा लिइने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण योग्यता तोकिएको छ । सेवा अवधि साढे दुई महिनाको रहनेछ । सेवा सुविधाअन्तर्गत सुपरिव...