तन्त्र र ज्योषितसम्बन्धी सम्पूर्ण ज्ञान र जानकारी दिने उद्देश्यसहित रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशले यहीँ माघ ३ गते रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तन्त्र एंव ज्योषित प्रशिक्षणात्मक गोष्ठी सञ्चालन गर्ने भएको हो । शास्त्रीय, व्यवहारिक र जिम्मेवार ढंगले ज्योतिष र तन्त्रको सही प्रयोगबारे प्रशिक्षण सञ्चालन हुनेछ । कार्यक्रम संयोजक ज्योषित चुडामणि पाण्डेले ज्योषित र तन्त्रमाथिका विभिन्न प्रश्नहरूको निराकरण गर्ने गरी पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए । उनले तन्त्र ...