कांग्रेसको दुवै पक्ष निर्वाचन आयोगमा

 नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो ।  त्यसै गरी कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको लिखित जानकारी निर्वाचन आयोगलाई दिएको हो । ...