चितवन । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उनका अनुसार यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उनले बताए । उनले भने, “ज्येष्ठ नागरिक तथा अन्...