एक बल्क एसएमएस सेवा प्रदायकमार्फत् ठूलो संख्यामा एक राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको एनसेलले जनाएको छ । उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाइएको पनि एनसेलले स्पष्ट पारेको छ । घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको छ । एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ । एनसेलले प्र...