सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान शुरू गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार यहाँका १२ वटा स्वास्थ्य केन्द्रलाई बिपी सेट, स्टेथोस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको शुरूआत गरेका हुन् ।  उनले नगरपालिकाले २४ वटै वडाका स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मीलाई घरघरमै पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । सुत्केरी भएको ४२ दिनभित्र स्वास्थ्यकर्मीहरूले २४ घण्टा, तीन दिन, सात दिन र ४२ दिनमा गरी चारपटक घ...