काठमाण्डौ – थारु समुदायमा आज धुमधामका साथ माघीपर्व मनाईदैछ । माघीलाई थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा मनाउँदै आएका छन् । गाउँदेखि शहरसम्म माघीको आगमनसँगै घरआँगन, चोक र सार्वजनिक ठाउँहरू उत्सवमय बनेका छन् । माघीको अवसरमा थारु बस्तीहरूमा परम्परागत सरसफाइ, खानपानको जोहो र सांस्कृतिक तयारी हप्तौँ अघिदेखि शुरू हुन्छ । आज बिहान नदी, ताल वा खोल्सामा स्नान गरी पूजा गर्ने र ठूला–बडाबाट आशीर्वाद लिने परम्परा छ । विभिन्न ठाउँमा माघी महोत्सव आयोजना गरिएका छन् । यी महोत्स...