माघ १ गते – ‘माघी चाड’ । यो पहाडभरि बसोबास गर्ने मगर जाति र तराईमा बसोबास गर्ने थारू जातिको प्रमुख चाड हो । छन्त्याल र अन्य पहाडी समुदायले पनि यस दिनलाई आफ्नो नयाँ वर्ष ठान्दछन् । यसै दिन तराई र पहाडमा बसोबास गर्ने हिन्दुहरू ‘माघे सङ्क्रान्ति’ भनेर मनाउँछन् ।