नेपाल सहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुनेछ । यो निर्णयले नेपालसहित दक्षिण एशियाका देशहरु, ब्राजिल, कोलम्बिया, उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू, बोस्निया र अल्बानियासहितका बाल्कन देशहरुकासाथै अफ्रिका, मध्यपूर्व र क्यारिबियन क्षेत्रका धेरै देशका आवेदकहरूलाई असर गर्नेछ । प्रभावित हुने देशहरूको सूचीमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, ब्राजिल, कोलम्बिया, नाइ...