सुनसरीको भोक्राह नरसिंह गाउँपालिका-८ स्थित सोनीयाहीमा ट्रक पल्टिदा ५ जनाको मृत्यु भएको छ । मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा पाँच मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मृत्यु हुने पाँचै जना ट्रकको पछाडि मार्बल राखेको ठाउँमा बसेका थिए । अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएको उनले बताए । चालक भने फरार छन् । ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदे...