सदाबहार उम्मेदवार

देउवा, ओली, नेपाल र खनाल पार्टी र मुलुककै नेतृत्व गरिसकेका अनुहार हुन्। उनीहरूका सहयोगी वा दोस्रो–तेस्रो तहमा रहँदै आएका नेताहरूको प्रवृत्ति पनि उस्तै छ। नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, राजेन्द्र महतो, लालबाबु पण्डित, बलबहादुर केसी, रमेश रिजाल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, अशोककुमार राई, हृदयेश त्रिपाठी, विजय सुब्बा, पशुपतिशमशेर जबरा, महन्थ ठाकुर लगायत नेताहरू हार होस् या जित बहुदल यताका सदाबहार उम्मेदवार छन् ।