नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति आज बस्दैछ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि ललितपुरको कुपण्डोलमा पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक साढे १० बजे बस्नेछ । पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीलगायत विविध विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्व...