अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधिका लागि दुई पूर्वविजेता सेनेगल र मोरक्कोबीच भिडन्त हुने भएको छ । प्रतियोगिताको यो ३५औं संस्करण हो । प्रतियोगिताको सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १–० गोलले हरायो । मोरक्को भने बलियो प्रतिद्वन्द्वी नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा पुगेको हो । इजिप्ट विरुद्धको खेलमा सेनेगलका लागि साडियो मानेले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा उनले गोल गरेका थिए । सेमिफाइनलमा पराजित भएका दुई टोली इजिप्ट र नाइजेरियाबीच त...