सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जना श्रमिकको ज्यान गयो

काठमाण्डौ – सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना श्रमिकको ज्यान गएको छ । ४ जना सामान्य घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ मार्वल र टायल लिएर जाँदै गरेको  को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा पछाडि बसेका ५ जना श्रमिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहान साढे ५ बजे सोनियाही सडकको घुम्तीमा ट्रक पल्टिएको हो । ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन् । प्रहरीका अनुसार दुर्घटनामा ...