‘अग्रगमन र यथास्थितिवादी बीचको लडाइँले फुट्यो कांग्रेस’

यदि निर्वाचन आयोगले बहुमतको आधारमा नयाँ नेतृत्वलाई वैधानिकता दियो भने कांग्रेस नयाँ ढंगले अगाडि बढ्छ र देउवा पक्षका धेरै पात्रहरू विस्तारै पाखा लाग्छन्। तर, यदि देउवा पक्षले वैधानिकता पायो भने गगन–विश्व पक्ष एउटा वैचारिक अभियानको रूपमा रहँदै नियमित महाधिवेशनमार्फत पुनरागमनको प्रतीक्षा गर्नेछ।