१ माघ, काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएकोप्रति आपत्ति जनाउँदै जेनजी मुभमेन्टले शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै शक्तिको दुरुपयोग गर्ने […]