नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व गरेर कांग्रेसको राजनीतिमा स्थापित भएको समूह नेपाली कांग्रेसको नेतृत्व सम्हल्ने अवस्थामा पुगेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेविसंघको राजनीति गरेको पुस्ता नै कांग्रेसको नेतृत्वमा पुगेको हो । काठमाडौंमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमा केही रोचक संयोग छन् । विशेष महाधिवेशनले पुस ३० गते मध्यरात र माघ १ गतेको बिहानको समय पारेर गगनकुमार थापाको सभपतित्वमा कांग्रेसको नयाँ नेतृत्व चयन गर्यो । नवनिर्वाचित सभापति गगन र महामन्त्री गुरुराज घिमि...