निर्वाचन आयोग जाँदै विशेष महाधिवेशनबाट निर्वाचित टीम, के-के डकुमेन्ट बुझाउँदैछन् ?

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको टीम आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाने तयारी गरेको छ । ललितपुरको कुपण्डोलमा पहिलो केन्द्रीय कमिटी बैठक बसेर पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्तावेजहरू निर्वाचन आयोग लैजाने तयारी भएको हो । हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अध्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट निर्वाचन आयोगमा बुझाउने तयारी भएको हो । भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेश...