प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको स्पष्ट र सुरक्षित बाटो हो : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा अहिले चुनाव हुने/नहुने अनिश्चितता कायम रहेको अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताएका छन् । प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव हुने स्थिति बने एमाले सहभागी हुने स्पष्ट पारे । अराजकता र लोकप्रियतावादले लोकतन्त्र कमजोर हुने भएकाले सचेत हुन आह्वान गरे । यस्तै दलहरू फुट्नुभन्दा जुट्नु लोकतन्त्रका लागि फाइदाजनक हुने बताए । कांग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भ...