गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगबाट आफूहरूले आधिकारिकता पाएलगत्तै पार्टी मुख्यालय सानेपा जाने बताएका छन् । पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकपछि बिहीबार लोकान्तरलाई प्रतिक्रिया दिँदै घिमिरेले निर्वाचन आयोगबाट आधिकारिकताको पत्र लिएर सानेपा जाने बताएका हुन् । 'आज निर्वाचन आयोग जान्छौं । निर्वाचन आयोगले हामीलाई चाँडोभन्दा चाँडो त्यो कागज (पार्टीको आधिकारिकतासम्बन्धी) दिन्छ, अनि हामी सानेपा जान्छौं,' घिमिरेले भने...