२०२६ मा नेपाली खेलकुद : विश्वकप क्रिकेटदेखि एसियाली खेलकुदसम्म, प्रतियोगिताको चाप र सम्भावना

सन् २०२६ मा विश्व खेलकुदका थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछन् । फिफा पुरुष विश्वकप फुटबलको २३औँ संस्करण यसै वर्ष आयोजना हुँदैछ । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण पनि यसै वर्ष खेलाइँदै छ । एसियाली महादेशकै सबैभन्दा बृहत् खेल मेला एसियाली खेलकुदको २०औँ संस्करण पनि यसै वर्ष जापानमा आयोजना हुँदैछ । यसै वर्ष शीतकालीन ओलम्पिक खेलकुद पनि आयोजना हुनेछ । फुटबल र क्रिकेटका अतिरिक्त यो वर्ष एथलेटिक्स, भलिबल, पौडी, टेनिस, हक्की, टेबलटेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेलका थुप्रै अन्तर्राष्ट्रिय प्रत...