सभापति गगनलाई घोषणा पत्र लेखनको जिम्मा, विश्वप्रकाश निर्वाचन परिचालन समिति संयोजक

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ । बिहीवार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा घोषणा पत्र लेखन समिति बनाएको हो । नवनियुक्त प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकपछि पार्टीको आधिकारिकता दाबी गर्न नेताहरू निर्वाचन आयोग जान लागेका छन् । विशेष महाधिवेशनले बुधवार मध्यरातमा गगनको...