फागुन २१ को चुनाव नलड्ने हृदयराम थानीको घोषणा

नेपाली कांग्रेसका नेता हृदयराम थानीले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफूले उम्मेदवार नबन्ने घोषणा गरेको बताएका हुन् । मुलुकको स्थिरता साथै संविधानलाई लिकमा ल्याउन फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु नै मुलुकका लागि ठूलो निकास हुने समेत थानीको भनाइ छ । थानीको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि सिफारिस भएको थियो । सुर्खेत-२ बाट थानीसहित नारायण कोइराला, उपेन्द्...