काठमाण्डाै – विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न सभापति गगन थापासहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोली आयोग पुगेको हो । यसअघि बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायतका कार्यका लागि टाेली आयाेग पुगेकाे हाे । कांग्रेस विशेष महाधिवेशनले गएराति थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय समिति सर्व...