कांग्रेस विभाजन भएको होइन, महाधिवेशनमा कोही सहभागी नभएका हुन्- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेकोबारे निर्वाचन आयोगलाई जानकारी गराइएको बताएका छन् । उनले कांग्रेस विभाजन भएको भन्ने प्रश्न असान्दर्भिक रहेको बताए । बिहीबार निर्वाचन आयोगमा पुगेर पार्टीको विशेष महाधिवेशन भएकोबारे जानकारी गराएपछि शर्माले विभाजन भएको भन्ने कुरा अस्वीकार गरेका हुन् । ‘निर्वाचन आयोगलाई विशेष महाधिवेशन सम्बन्धमा लिखित र मौखिक रूपमा जानकारी दियौं । कांग्रेसले महाधिवेशन गरेर नीति लिन्छ र नेतृत्व परिवर्तन गर्छ, बाँकी प्रश्न उठ्दै उठ्दैनन्&r...