हामीले बुझाएको विवरण आयोगले चाँडोभन्दा चाँडो अद्यावधिक गर्ने विश्वास छ- गगन थापा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोगले विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गर्ने विश्वास लिएका छन् । विशेष महाधिवेशनले गरेका निर्णयसहित अद्यावधिकका लागि बिहीबार दिउँसो आयोग पुगेका थापाले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको विधान अनुसार भएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेको विषय आयोगलाई जानकारी गराइएको बताए । त्यसलाई पुस्ट्याइँ हुने सबै कागजात अद्यावधिकका लागि आयोगमा पेस गरिएको सभापति थापाले बताए । ‘दफा ५१ बमोजिम चाँडोभन्दा चाँडो निर्वाचन ...