गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले विवरण अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा निवेदनसहितका दस्तावेजहरू बुझाएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोग पुगेर आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई विवरण बुझाएका हुन् । 'पार्टी सभापतिसहित सिंगो कार्यसमिति परिवर्तनको विवरण अध्यावधिकको निवेदन लिएर आएका छौं,' कावा प्रमुख आयुक्त भण्डारीसमक्ष थापाले भने, 'निर्वाचन अत्यन्त नजिक आएकाले हामी संवेदनशील छौं । चाँडोभन्दा चाँडो विवरण अध्यावधिकको...