नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

 काठमाण्डाै – आजदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा धेरै नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिद/बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्द...