हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानले देशभरका ५ वटा विश्वविद्यालयका औसत उमेर २० वर्षका ३ सय १७ जना विद्यार्थीमा सर्वेक्षण गरेको थियो । उनीहरूलाई हप्तामा ५ घण्टासम्म, ५ देखि १० घण्टासम्म र १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्ने विद्यार्थीहरूका रूपमा ३ वटा समूहमा बाँडिएको थियो । हप्तामा ५ घण्टासम्म र १० घण्टासम्म भिडियो गेम खेल्ने विद्यार्थीहरूको समान स्वास्थ्य परिणाम देख...