काठमाण्डाै – अफगानिस्तानका खेलाडीहरूले वर्षमा तीन वटा मात्र टी–२० क्रिकेट लिग खेल्न पाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) को नयाँ नीतिअनुसार अब खेलाडीहरूले पाँच टोलीको फ्रेन्चाइजीमा आधारित टी–२० लिग खेल्नुका साथै तीन वटा अन्तर्राष्ट्रिय लिगमा मात्र भाग लिने पाउनेछन् । नयाँ टी–२० लिग आउँदो अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुनेछ । काबुलमा आयोजित बोर्डको वार्षिक साधारणसभाले यो निर्णय गरेको हो । खेलाडीहरूको कार्यभार सन्तुलन गर्न र राष्ट्रिय टोलीको जिम्मेवारीका लागि उनीहरू...