के तपाईंलाई पनि बारम्बार भोक लाग्छ ? हुन सक्छ यस्तो गम्भीर संकेत

के तपाईंले खाजा वा दिउँसोको खाना खाएको दुई घण्टामै फेरि भोक लागेको महसुस गर्नुहुन्छ ?  बारम्बार लाग्ने यस्तो भोकले एकाग्रतामा असर पार्नुका साथै तौल बढ्नु र टाइप–२ मधुमेहजस्ता रोगहरूको प्रारम्भिक संकेत पनि हुन सक्छ । धेरैजसो अवस्थामा बारम्बार भोक लाग्नुको मुख्य कारण खाना कम खानु होइन, तर खानामा फाइबरको कमी हो ।  फाइबर पेटमा पुगेर फुल्छ र पाचन प्रक्रिया ढिलो बनाउँछ, जसले गर्दा लामो समयसम्म पेट भरिएको अनुभूति हुन्छ । राम्रो कुरा के भने, भोक नियन्त्रण गर्न महँगा ‘सुपरफुड’ खानैपर्छ भन्ने छ...