नेपाल कांग्रेसभित्रको विवाद औपचारिक रूपमा शुरू भइसकेको छ । शेरबहादुर देउवा पक्ष (संस्थापन पक्ष) ले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिइसकेको छ । विशेष महाधिवेशन पक्ष अर्थात् गगन थापा पक्षले पनि आफ्नो केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि आयोगमा निवेदन दिने तयारी गरिरहेको छ । यो अवस्थाको समाधानका लागि सबैभन्दा पहिला निर्वाचन आयोग अत्यन्त सक्रिय हुनुपर्छ । दिनरात नभनि काम गर्नुपर्ने अवस्था आएको छ । आयोगले सबैभन्दा पहिला एउटा मूल प्रश्नको जवाफ दिनुपर्छ – ‘अहिले भइरहेको विशेष महा...