दीपको उज्यालोमा सम्झिए प्रशान्त

उर्लाबारी । उर्लाबारी–९, दुर्गापुरी आज साँझ असामान्य रूपमा मौन थियो । हातमा जलिरहेको दीप, आँखामा आँसु र मनमा अपूरणीय खालीपन बोकेर सयौँ मानिस एकै ठाउँमा उभिएका थिए । कारण एउटै थियो — गायक तथा अभिनेता  प्रशान्त तामाङको असामयिक विदाइ । उनको तस्बिरअगाडि दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिँदै गर्दा वातावरण झन् भावुक बनेको थियो । […]