साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले माल्दिभ्सलाई ५ गोलले हरायो

काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेलेको थियो । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो । यस्तै पुरुषतर्फ नेपालले भोलि श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फु...