नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको बिहीबार विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानमा लागिरहेको बताए । अध्यक्ष ओलीले नेपालमा नेपालीको सरकार हुनुपर्छ भन्नेका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यप...