विप्लव र मिराजले गरे ४ बुँदे सहमति [सूचीसहित]

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच ४ बुँदे सहमति भएको छ।  नेकपा (माओवादी)का महासचिव विप्लव र ढुंगानाले बिहीबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।  चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेन-जी विद्रोहको माग पूरा गर्न संघर्ष गर्ने उल्लेख छ ।  यसैगरी, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने विषय सहमत...